सप्तरीको सवारी दुर्घटना अपडेट : मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
मिति: २०२५-०६-२२ , समय : १५:२४:४० , गामघर डेस्क
मिति: २०२५-०६-२२ , समय : १५:२४:४० , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा न.१ भलुवा जाने बाँधको भित्री सडकखण्डमा आज दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सप्तरीको कङ्कालिनी मन्दिरबाट भलुवातर्फ जाँदै गरेको को१०प ५६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा५५प ६६३९ नम्बरको मोटरसाइकल एकआपसमा ठाेक्किँदा दुवै चालकको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बा५५प ६६३९ नम्बरको मोटरसाइकल चालक सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.११ राजपुर बस्ने वर्ष १९ का अविनाश मण्डल र को१०प ५६२ नम्बर मोटरसाइकल चालक कञ्चनरूप नगरपालिका वडा न.१ बैरवा बस्ने वर्ष ३४ को ओमप्रकाश पञ्जियारको मृत्यु भएको हो ।
मण्डलको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा र पञ्जियारको विराटनगरस्थित न्युरोमा उपचारका क्रममा ज्यान गएको प्रहरीको भनाइ छ । त्यस्तै को.१०प ५६२ नम्बरको मोटरसाइकलको पछाडि सवार कञ्चनरुप नगरपालिका वडा न.१ कै वर्ष ३० को सुभास महतो घाइते भएका छन् । उनी उपचारपछि घर पठाइएको र दुर्घटना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०६-२२ , समय : १५:२४:४० , 10 hours अगाडि