सप्तरीमा विदाको दिन सरकारी गाडी प्रयोग नगर्न सिडियाेकाे आग्रह

मिति: २०२५-०९-२८ , समय : २२:३०:१७ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

सप्तरी ।
सप्तरीमा विदाको समयमा सरकारी गाडी प्रयोग गर्न नपाउने भएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा आइतबार एक सूचना जारी गर्दै अत्यावश्यक कार्य बाहेक सरकारी सवारी साधन प्रयोग गर्न नपाइने जनाएको हो ।
प्रशासकीय अधिकृत जितेन्द्रकुमार पासवानले जारी गरेको सूचनामा कार्यालयको अतिआवश्यक कामकाज बाहेक सरकारी गाडी प्रयोग नगर्न आग्रह गरिएको छ । सरकारी गाडी प्रयोग गर्दा अनिवार्य सवारी अनुमानित लिएर मात्र प्रयोग गर्न अनुरोध गर्दै जारी सूचनामा सवारी पास अनुमतिबिना प्रयोग गरिएमा कार्यालय प्रमुख आफै जिम्मेवार हुने उल्लेख्य छ ।
सरकारी गाडी दुरुपयोग गरिएको पाइएमा कानून बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा जारी सूचनामा जनाइएको छ ।

प्रकाशित मिति: २०२५-०९-२८ , समय : २२:३०:१७ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित