छठ पर्वको अवसरमा फाउन्डेशनद्वारा महिलाहरुलाई साडि वितरण
मिति: २०२५-१०-२६ , समय : १४:५८:४७ , गामघर डेस्क
मिति: २०२५-१०-२६ , समय : १४:५८:४७ , गामघर डेस्क
तस्बिर : सुनिता साह क्रान्तिकाे सहयोगमा
गामघर डेस्क
राजविराज । छठ पर्वको अवसरमा फाउन्डेशनद्वारा महिलाहरुलाई साडि वितरण गरिएको छ । हिन्दुहरुको महानपर्व छठपर्वको पावन अवसरमा तराई मधेस महिला फाउन्डेशन नेपालद्वारा छठ पर्वका व्रतालु महिलाहरुलाई साडि वितरण गरिएको हाे। छठ पर्वको शुरुवात मानिने दिन नहाइ खाई दिनको अवसर पारि सप्तरीको राजविराज नगरपालिका वडा नम्बर-६ स्थित पुरनि पोखरि महाडमा फाउन्डेशनका अध्यक्ष सुनिता कुमारि साहको हातबाट मनत्वय सहितको साडि वितरण गरिएको छ ।
उक्त कार्यक्रममा उपस्थित अन्य महिला दिदिबहिनीहरु आशिर्वाद सहित कबिरको टीका एकअर्कामा लगाएका थिए । साथै सन्तान दाहिने,रोग बिकार विनाशनि,धन प्रदायणि महानदेवि छठि माताको जय जयकार गर्दै महिलाहरुले तराई मधेस महिला फाउन्डेशन नेपालको उतराेतर प्रगतिको कामना गर्दै फाउन्डेशनकि अध्यक्ष सुनिता कुमारी साहलाई राम्रो काम गरेको भनेर सहराना गरेका थिए।
विगत ८ वर्ष देखि निरन्तर रुपमा छठ पर्व लगायत विभिन्न धार्मिक तथा सामाजिक अवसरमा सहयोग र वितरण कार्यक्रम संचालन गर्दै आएकि छन् । उनले भनिन,”छठ पर्व श्रर्द्दा,आस्था र स्व्च्छताको पर्व हो ,यो पर्वले महिलाहरुमा धार्मिक उर्जा र आत्मबल वृद्धि गर्दछ।”
प्रकाशित मिति: २०२५-१०-२६ , समय : १४:५८:४७ , 1 month अगाडि