काठमाडौंका मेयर बालेन शाहले खोलिसके देश विकास पार्टी : ललितपुरको ज्वागलमा पार्टी कार्यालय

एकताका लागि रवि लामिछाने र बालेन शाह सहमति नजिक....

मिति: २०२५-१२-२६ , समय : २१:३२:१२ , शुभ नारायण यादव

तस्बिर : सामाजिक सन्जालबाट

शुभ नारायण यादव

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले बिहीबार विभिन्न राजनीतिक दल र जेनजीका प्रतिनिधिलाई बोलाएर भने– म दलीय राजनीतिमा आएँ ।

यसैको लागि बालेन आफैँ पार्टी सञ्चालन गर्ने या रास्वपा र उज्यालो नेपालसँग मिलेरअघि बढ्ने भन्नेमा अन्योलमा छन् ।

तर, बालेनले दुई दलसँग वार्ता सकारात्मक नभए आफैँ पार्टी सञ्चालन गर्ने निष्कर्ष निकालेर पार्टी कार्यालयसमेत स्थापना गरिसकेका छन् ।

बालेनसहितको संरक्षणमा लौरो चिन्ह नै राखेर निर्वाचन आयोगमा दल दर्ता गरिसकेका छन् । दलका नाम भने देश विकास पार्टी रहेको छ ।

त्यसो त गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा चुनाव लड्दा बालेनले लौरो चुनाव चिन्ह नै पाएका थिए ।


ललितपुरको ज्वागलमा बालेनको पार्टी कार्यालय छ । बिहीबार दिनभर बालेन ज्वागलमै रहेको आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर छलफल गरिरहे भने उनीनिकटका केही भने ज्वागलमै रहेको उक्त कार्यालयभित्र डेकोरेसनमा व्यस्त थिए ।

‘ज्वागलमा हाम्रो पूर्वतयारी थियो । सोहीअनुसार यो घर खोजिएको थियो,’ बालेननिकट स्रोतले भन्यो, ‘अब यहीँबाट सबैगतिविधि हुन्छ । अफिस सेटअपको काम थालिएको छ ।’
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह एकताका लागि सहमति नजिक पुगेका छन् ।दुवै पक्षको वार्ता टोलीले सहमतिको खाका तयार पारेका हुन् । उनीहरू दुईबीच यसअघि चरणबद्ध रूपमा काठमाडौंको कमलपोखरीस्थित रास्वपा केन्द्रीय सदस्य असिम शाहको म्युजिक कम्पनी र ललितपुरको ज्वागलस्थित बालेनका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारको घरमा वार्ता भएको थियो ।

दुवै नेताबीच पछिल्ला दिनमा भएका संवादमा वैकल्पिक शक्ति र जेनजी पुस्तालाई एउटै प्लेटफर्ममा उभ्याएर पुराना राजनीतिक शक्तिलाई चुनौती दिने रणनीतिमा सहमति जुट्दै गएको बताइएको छ ।स्रोतका अनुसार शनिबार औपचारिक घोषणा गर्ने तयारी तीव्र बनाइएको छ ।

प्रकाशित मिति: २०२५-१२-२६ , समय : २१:३२:१२ , 5 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित