नेपाली कम्युनिष्ट पाटीको तर्फबाट बिमल (छेदी साफी )लाइ सामानुपातिक उम्मेदवार

मिति: २०२५-१२-२९ , समय : २१:०४:४० , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

राजविराज । सप्तरीको रुपनी गाउँपालिका वडा न.४ भथौलका छेदी साफी (विमल) नेपाली कम्युनिष्ट पाटीको तर्फबाट सामानुपातिक उम्मेदवारको धोषणा गरेको छ । साफी दलितको कोटाबाट सामानुपातिक उम्मेदवारको धोषणा गरेका हुन । उहाँ दलित समुदायमा जन्मिएर देशको मुहार फेर्न र जनताको दुःख हटाउन भनेर जनयुद्धमा होमिएका जुझारु युवा नेता हुनुहुन्छ । दलित समुदायको आवाज बनेर संधै राजनीतिमा लागेका कमरेड बिमललाई यसपाली नेपाली कम्युनिष्ट पार्टीले न्याय दिनु पर्ने स्थानिय बताउँछन ।
सप्तरी जिल्लाबाट प्रतिनीधि सभाको समानुपातिक तर्फ उहाँ सिफारिस हुनु भएको त छ, अब पार्टी केन्द्रले निर्वाचन आयोगमा बुझाउने बन्द सुचीमा पनि समावेश गरेर पछि विजयी बनाएर एउटा त्यागलाई सम्मान गरोस् भन्ने उहाँको अनुरोध छ।
पार्टीमा सक्रिय भएर मधेस प्रदेशको युवा आन्दोलनको चर्चित नामबाट चिनिएको कमरेड बिमल उपनामबाट आफनो छवि बनाएको हो । सप्तरीको दलित समुदाय जनताको घर–घर पुगेर सुख दुःख मा उभिएका नेताको रुपमा परिचित रहेको छ । उहाँ पछिल्लो समय पार्टीको कुनै पनि लाभ पदमा नबसेको ब्यक्तिको रुपमा समेत रहेको छ ।

प्रकाशित मिति: २०२५-१२-२९ , समय : २१:०४:४० , 2 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित