जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी–३ बाट उम्मेदवारी दिने

मिति: २०२६-०१-२० , समय : ०९:४३:४८ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

सप्तरी ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने भएका छन् ।
जसपा नेपालको सोमवार राती अहिले केही समय अघि राजविराजमा सम्पन्न बैठकले अध्यक्ष यादवलाई क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका युवा नेता बिदेश्वर यादवले जानकारी दिनु भयो ।
अध्यक्ष यादव २०७९ को निर्वाचनमा सप्तरी २ बाट चुनाव लडनु भएका थिए । त्यस बैला जनमतका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका थिए ।
जसपा नेपालले सप्तरी–१ बाट श्याम सरदार, २ बाट उमेशकुमार यादव र ४ बाट डा. बबी सिंह यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०१-२० , समय : ०९:४३:४८ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित