नौलो गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत विकास गरीने : अध्यक्ष डा.राउत

मिति: २०२६-०१-२४ , समय : १५:०५:१९ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

राजविराज । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त(राउत) ले देशको राजनीतिक निकास र दिगो विकासका लागि नौलो गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत विकास गरीने दाबी गर्नु भएको छ ।
आगामी फागुन २१ गते निर्वाचनलाई लक्षित गर्दै डा. राउतले आफनो धारना शनिबार नेपाल पत्रकार महासंघ, सप्तरी शाखामा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नु हुदै संघ, प्रदेश र स्थानीय तहमा विद्यमान संरचनागत समस्याको समाधानका लागि स्पष्ट खाका प्रस्तुत गर्नु भयो ।
डा. राउतले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, निर्वाचन प्रणालीमा सुधार तथा न्यायपालिका र संवैधानिक निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त तथा संसदलाई दबाब र स्वार्थ समूहको प्रभावबाट मुक्त राख्दै जनताको सर्वोच्चता स्थापित गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
उहाँले भ्रष्टाचार, अनियमितता र दण्डहीनता अन्त्यका लागि विशेष ट्राइब्युनल गठन गर्ने, नियुक्ति तथा ठेक्कापट्टामा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ अन्त्य गर्ने र उत्पादनमुखी आर्थिक नीति अवलम्बन गर्दै रोजगारी सिर्जना गर्ने आफनो चुनावी एजेण्डा रहेको बताउनु भयो ।
प्रदेशहरुलाई पूर्ण स्वायत्तता दिनु पर्ने , मधेशलगायत सबै प्रदेशलाई शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, साधन–स्रोत र प्रशासनिक अधिकार पूर्ण रूपमा हस्तान्तरण गर्नुपर्ने उहाँले आफनो चुनावी एजेण्डा रहेको बताउनु भयो ।
उहाँले प्रदेश मातहत कर्मचारी व्यवस्था, स्थानीय भाषामै सेवा प्रवाह, सुरक्षा निकायमा प्रदेशको अधिकार तथा प्रशासनिक संरचना सुदृढ गर्ने विषय पनि आफनो चुनावी एजेण्डा भित्र रहेको बताउनु भयो ।
तराई–मधेशको जनसंख्या र सांस्कृतिक एकरूपताको आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण, सीमांकनसम्बन्धी विगतका सहमति कार्यान्वयन तथा समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने उहाँले आफनो धारणा स्पष्ट पार्नु भयो ।
उहाँले किसानका समस्या समाधान, कृषि उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने, उद्योग–धन्दा विस्तारमार्फत युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने तथा वैदेशिक रोजगारीमा रहेका नागरिकको हक–हित संरक्षण र स्वदेश फर्किएपछि पुनःस्थापनाका कार्यक्रम अघि बढाउने आफनो चुनावी एजेण्डा रहेको बताउनु भयो ।
उहाँले यी सम्पुर्ण कार्यक्रम कार्यान्वयनका लागि आवश्यक परे संविधान संशोधन गर्दै नेपाललाई मधेश, पहाड र हिमालबीच साझा, समावेशी र समृद्ध राज्यका रूपमा स्थापित गरिने पार्टीको निती रहेको दाबी गर्नु भयो ।
पत्रकार सम्मेलनमा मधेश प्रदेश सरकारका अर्थ मन्त्री महेशप्रसाद यादव, प्रेस जनमतका केन्द्रीय अध्यक्ष अवधेश झा लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२६-०१-२४ , समय : १५:०५:१९ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित