सप्तरीमा आचार संहिता उल्लंघन गरेका प्रचार सामग्री हटाइयो

मिति: २०२६-०१-२९ , समय : २०:४९:४२ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

राजविराज ।
निर्वाचन आचारसंहिता उल्लंघन विरुद्ध सप्तरी प्रशासनले विभिन्न चोक–चोकमा राखिएका चुनाव चिन्ह उल्लेखित प्रचार सामग्री हटाइएको छ ।
निर्वाचन आचारसंहिता विपरीत राजविराज नगरपालिकाका विभिन्न चोक–चोकमा राखिएका चुनाव चिन्ह उल्लेखित प्रचार सामग्री बिहीवार हटाइएको हो ।
सार्वजनिक स्थलमा आचारसंहिता उल्लंघन गर्दै तुल, झण्डा, पोस्टरलगायत सामग्री टाँगेको पाइएपछि जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले हटाउन निर्देशन दिएका थिए ।तर उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिहरूले उक्त सामग्री २४ घण्टाभित्र हटाउने सहमति जनाए पनि नहटाएपछी प्रहरी प्रशासनले उक्त सामाग्री हटाएका छन् ।
तोकिएको समयसीमाभित्र सामग्री नहटाएपछी अनुगमन समितिले राजविराजका विभिन्न स्थानबाट उक्त प्रचार सामग्री हटाएको थियो ।
समितिका संयोजक तथा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश किशोर घिमिरेले समितिको निर्णयअनुसार सार्वजनिक स्थलमा आचारसंहिता उल्लंघन हुने गरी राखिएका सबै प्रचार सामग्री हटाइएको बताउनु भयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि १८ गतेसम्म निर्वाचन आचारसंहिता लागू गरेको छ । तर केही उम्मेदवार तथा दलका नेता–कार्यकर्ताले सरकारी भवन, विद्यालय, स्मारक, सडकका पोल तथा अन्य सार्वजनिक स्थानमा प्रचार सामग्री राख्दै आचारसंहिता उल्लंघन गरिरहेको पाइएको छ ।

प्रकाशित मिति: २०२६-०१-२९ , समय : २०:४९:४२ , 1 month अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित