निर्वाचन विशेष : नेकपाका उम्मेदवार सुर्यनाथ यादवको चुनावी भेटघाट
मिति: २०२६-०१-२९ , समय : २०:५५:२६ , गामघर डेस्क
मिति: २०२६-०१-२९ , समय : २०:५५:२६ , गामघर डेस्क
तस्बिर : गामघर टिभि राजविराज
गामघर डेस्क
राजविराज ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुर्यनाथ प्रसाद यादवले चुनावी भेटघाटलाई तीब्रता दिनु भएका छन् । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका पार्टीबाट उम्मेदवारी दिएका यादवले पार्टीका नेता,कार्यकर्ता , शुभेच्छुक,समर्थक,मतदाता, नागरिक अगुवासंगको भेटघाटलाई तीब्रता दिनु भएका हुन्। 
देशको आमुल परिर्वतन,सर्वहाराको मुक्ति,मुलुकमा शिक्षा,स्वास्थ्य,रोजगारी,सुशासन,समृद्धि,भ्रष्टाचार अन्त्य, लगायतका प्रतिबद्धताका साथ उम्मेदवारी दिएको भन्नुहुदै यादव मतदाता समक्ष सक्रिय देखिएका छन् । जेनजी आन्दोलन र नेपाली कम्युनिष्ट पार्टीको मुद्दा स्थापित गर्ने र देशमा देखिएको तमाम समस्या समाधान नेपाली कम्युनिष्ट पार्टीले गर्ने भन्नुहुदै उहाँले देशको आमुल परिर्वतन,सर्वहाराको मुक्ति,मुलुकमा शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन,समृद्धि,भ्रष्टाचार अन्त्य, लगायतका प्रतिबद्धताका साथ आफ्नो पार्टीको नेतृत्वको सरकार अपरिहार्य रहेको जिकिर गर्नु भयो । 
देश बदल्न कुशल सेवकले मात्र सक्ने भन्नुहुदै उहाँले नेपाली कम्युनिष्ट पार्टीले मात्र मुलुकको सही मुक्ति पाउने देखेर चुनावमा होमिएको बताउनु भयो ।
उहाँले महादेवा गाउँपालिकाका सामाजिक अगुवाहरुलाई स्वयम भेटेर सहयोगको लागि आग्रह समेत गर्नु भयो । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(माओबादी केन्द्र)बाट गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार दिपेन्द्र माझीले चुनावी भेटघाट गरि छलफल गरेको उहाँले जानकारी दिनु भयो । उहाँले आफ्नो पार्टीका नेता,कार्यकर्ता,समर्थकसहित घरदैलो तथा भेटघाटलाई निरन्तरता दिदै आएको बताउनु भयो ।
उम्मेदवार यादवले उम्मेदवारी दिएदेखी नै स– स्फुर्त रुपमा फोन तथा भेटघाट गरेर जन समर्थन पाइरहेको बताउनु हुदै जनताको अपार माया र विश्वासले आफ्नो मनोबल उच्च बनाएकोले क्षेत्रबासी मतदाताले सेवा गर्ने अवसर प्रदान गर्ने विश्वास समेत व्यक्त गर्नु भयो ।
उहाँले आफुसंग लामो राजनीति अनुभव भएको बताउँनुहुदै प्रचण्डले देश र जनताका लागि दिएको योगदान र उहाँको इमानदारीताले मुलुकमा आमुल परिवर्तन सम्भव हुने बुझेर १० वर्षै महान जनयुद्धमा लाग्ने प्रेणा जागेर पार्टीमा आबद्ध भएको बताउनु भयो । यादवले प्रचण्डको मुक्ति या मृत्यु उदधोषका साथ पार्टीमा लागेकोले प्रचण्डलाई मुलुकको बागडोर सुम्पीन सके नेपाली जनताको सुशासन ,विकास र समृद्धिको आकांक्षा छिटै पुरा हुने विश्वासको साथ उम्मेदवारी दिएको दोहो¥याउनु भयो ।
आफ्नो उम्मेदवारी कुर्सी र पदका लागि नभएको स्पष्ट पार्नुहुर्दै उहाँले भ्रष्टाचार र कुशासन अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सशक्त बनाउने लक्ष्यको साथ अगाडि बढेकोले सबैपक्षलाई साथसहयोगका लागि आग्रह समेत गर्नु भयो ।
चुनावी भेटघाट कार्यक्रममा बोल्नुहुदै नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अशोककुमार मण्डल(अमर)ले पार्टी संयोजक तथा ेर १० वर्षै महान जनयुद्धमा सर्वोच्य कमाण्डर प्रचण्ड प्रतिको सकारात्मक सोचले देश व्यापी जनाकार्षण अझ बढेर गएको बताउनु भयो । उम्मेदवारी दर्ता पछि चुनावी भेटघाटमा रहेका यादवलाई गाउँबस्तीका टोलटोलमा मतदाता तथा समर्थकहरुले स्वागत सम्मान गर्नुहुर्दै विजयको आश्वासन दिएका छन् ।
नयाँ अनुहारहरुको वीचमा राष्ट्र र जनताप्रति उद्वार र निस्वार्थ भावनाकोसाथ पार्टीका तर्फबाट चुनावमा होमिएकोले जनता यादवको पक्षमा उभिएको स्थानीय बताउछन् ।
नयाँ अग्रागामी सोच र मुलुकको लागि योगदान गर्ने हुटहुटी सहित उम्मेदवार बनेको यादवप्रति बढ्दो जनलहरले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को चुनावी समीकरण फेरीन सक्ने चर्चा हुन थालेको स्थानिय मतदाता बताउँछन ।
नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवार प्रतिको जनाकार्षणले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को चुनावी सदगर्मी ह्वात्तै बढेको छ ।
प्रकाशित मिति: २०२६-०१-२९ , समय : २०:५५:२६ , 6 days अगाडि