निर्वाचन विशेष : पूर्व गाविस अध्यक्ष सहित रास्वपा परित्याग गरि जसपामा प्रवेश

मिति: २०२६-०१-३१ , समय : २२:४२:०२ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

राजविराज ।
सप्तरीको विष्णुपुर गाउँपालिकामा शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि दर्जनौं नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्व गाविस अध्यक्ष मुनिलाल खंगसहित दर्जनौ नेता तथा कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका हुन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उहाँहरुलाई माला र टीका लगाएर पार्टीमा स्वागत गर्नु भयो । तत्कालिन जमुनी मधेपुरा गाउँ विकास समितिका पूर्व अध्यक्ष समेत रहेका उहाँ रास्वपामा केही दिन अघि प्रवेश गरी सक्रिय रहनु भएका थिए ।
सप्तरी क्षेत्र नम्बर ३ को जमुनी मधेपुरामा अगुवा कार्यकर्ता भेटघाटका क्रममा खंग सहित कार्यकर्ता तथा समर्थकहरु पार्टीमा प्रवेश गरेको पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२६-०१-३१ , समय : २२:४२:०२ , 1 month अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित