मधेसमा “शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित : अध्यक्ष यादव

मिति: २०२६-०२-११ , समय : १३:४८:०२ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

सप्तरी ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार उपेन्द्र यादवले वर्तमान राज्य व्यवस्थाले नागरिकको मौलिक आधारभूत सेवा प्रदान गर्न असफल भएको आरोप लगाउनु भएका छन् ।
राजविराजमा बुधबार प्रेस मञ्चद्वारा आयोजित पत्रकार सम्मेलनमा यादवले घरदैलो अभियानका क्रममा शिक्षा, स्वास्थ्य र कानुनी सहायताको अवस्था अत्यन्त दयनीय रहेको प्रत्यक्ष रूपमा अनुभुती गरेको बताउनु भएको हो ।
“जनताको घरदैलोमा जाँदा राम्रो शिक्षा, स्वास्थ्य,लगायतका सेवा राज्यले सञ्चालन गरेका विधालय,अस्पतालहरू लथालिङ्ग अवस्थामा छन्,” उहाँले भन्नु भयो , “अर्को गम्भीर समस्या भनेको सानातिना विषयमा पनि मुद्दा लाग्ने र त्यसलाई लड्न नागरिकले ऋण लिएर जग्गा बेच्नुपर्ने अवस्था सिर्जना हुने गरेको बताउनु भयो ।”
उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी र कानुनी सहायता राज्यको आधारभूत दायित्व भएको उल्लेख गर्दै सरकारको कमी कमजोरीका कारण सर्वसाधारण गम्भीर समस्या भोग्नु परेको बताउनु भयो ।
“उहाँले शिक्षा, स्वास्थ्य र कानुनी सहायताका लागि नागरिक दरिद्र हुनुपर्ने, घरबार बेच्नुपर्ने अवस्था आउँनु अत्यन्त दुःखद र चिन्ताजनक रहेको बताउनु भयो ।”
आर्थिक अवस्था र राजनीतिक अस्थिरताप्रति कटाक्ष गर्दै
यादवले देशको आर्थिक अवस्था निरन्तर कमजोर बन्दै गएको दाबी गर्दै उद्योग–धन्दा धरासायी भएको र युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भएको बताउनु भयो । बहुदलीय व्यवस्था आएपछि ३५ वर्ष बितिसक्दा पनि आधारभूत विकास मधेशमा हुन नसकेको उहाँको आरोप छन।
“दीर्घकालीन सोच र स्थिर सरकारको अभावले मुलुक पछाडि परेको छ,” उहाँले भन्नु भयो , “विकासका पूर्वाधारहरू अलपत्र छन् , ठूला–ठूला काण्डहरूले देशलाई झन् कमजोर बनाएको छ ।”
उहाँले पछिल्ला ३५ वर्षमा सुन काण्ड, ललिता निवास प्रकरणलगायत विभिन्न भ्रष्टाचारका घटनाले सुशासनमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गर्नु भयो ।
पत्रकार सम्मेलनमार्फत यादवले आगामी निर्वाचनका लागि आफ्ना प्रमुख एजेन्डासमेत सार्वजनिक गर्नु भयो । गुणस्तरीय र निःशुल्क शिक्षा,सामुदायिक विद्यालयको सुदृढीकरण तथा प्राविधिक र सीपमूलक शिक्षामा जोड दिनु भयो ।
सर्वसुलभ स्वास्थ्य सेवा, सरकारी अस्पतालको स्तरोन्नति, आवश्यक जनशक्ति र उपकरणको व्यवस्था,निःशुल्क कानुनी सहायता, गरिब तथा विपन्न नागरिकका लागि राज्यबाट कानुनी सहयोगको सुनिश्चितता,रोजगारी सिर्जना र औद्योगिक पुनरुत्थान, साना तथा मझौला उद्योग प्रवद्र्धन, कृषि र स्थानीय उत्पादनमा लगानी वृद्धि,
सुशासन र भ्रष्टाचार नियन्त्रण,पारदर्शिता,जवाफदेहिता र कानुनी कारबाहीको प्रभावकारी कार्यान्वयन,संघीयता सुदृढीकरण र सन्तुलित क्षेत्रीय विकास, मधेससहित सबै क्षेत्रको समान विकासमा जोड,लगायतको एजेण्डा रहेको बताउनु भयो ।
अध्यक्ष यादवले आफ्नो उम्मेदवारी परिवर्तन र जनअधिकारको लडाइँका लागि भएको दाबी गर्दै मतदातासँग समर्थनको अपिल गर्नु भयो । पत्रकार सम्मेलनमा स्थानीय सञ्चारकर्मीहरूको पस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२६-०२-११ , समय : १३:४८:०२ , 17 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित