निर्वाचन विशेष : नेकपाका उम्मेदवार सुर्यनाथ यादवद्वारा घरदैलो अभियानलाई तिव्रता

मिति: २०२६-०२-१९ , समय : २१:३५:०५ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

राजविराज । सप्तरी क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दिएका सुर्यनाथ प्रसाद यादव(सुभाष)ले घरदैलोमा सक्रियता बढाएको छ ।
उम्मेदवार यादवले बिहानदेखि बेलुकासम्म घरदैलौ गरिरहेका छन् । यसै क्रममा उहाँले बिहीबार महादेवा गाउँपालिकाको ३,४ र राजविराज नगरपालिका वडा न. १ को पडरीया गाउँमा घरदैलो गरेका छन् ।
सप्तरीको महादेवा गाउँपालिकाको वडा नम्बर ३ को बथनाहा , ४ को मनीयार परसाही,बलिया र राजविराज १ का चनौरापडरीया गाउँका मतदातासँग भेटघाट गर्दै मत मागेका छन् । घरदैलोका क्रममा उहाँले यो क्षेत्रको समग्र विकासका लागि भौतिक पुर्वाधार निर्माणका लागी प्रतिबद्धता जनाएका छन् ।
घरदैलोका क्रममा मतदाता आफूलाई मतदान गर्न उत्साहित देखिएको उहाँले बताउनु भयो । तत्कालीन माओवादीको जनयुद्ध समयदेखि कृयाशिल रहेका यादवले जेल नेल र मृत्यु या मुक्तीको लागी तत्कालीन नेकपा(माओवादी) मा सक्रियताका साथ लागेका व्यक्ति हुन् ।
सो अवसरमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा केन्द्रिय सदस्य सुर्यनाथप्रसाद यादव(सुभाष), केन्द्रिय सदस्य प्रताप नारायण चौधरी, लक्ष्मी चौधरी,अनारदेवी चौधरी ,पार्टीका प्रकाशन तथा प्रसारण विभागका सदस्य पत्रकार देवराम यादव, तत्कालिन माओवादी केन्द्रबाट गाउपालिकाका अध्यक्षका उम्मेदवार दिपेन्द्र माझी,पार्टीका नेता बासुदेव यादव,रामकुमार यादव,राजविराज नगर संयोजक केदार देव,राजेश चौधरी,कृतनारायण यादव,बिधार्थी नेताहरु मकसुदन यादव,रञ्जित मण्डल, जयप्रकाश यादव,सुनिल झा,सञ्जय मण्डल,भीमसेन माली मुसलिम संधका जिल्ला संयोजक मो.डोमन, रामनारायण सरदार, सत्रुधन यादव लगायतको उपस्थिती रहेको थियो । सहभागीहरुले नेपाली कम्युनिष्ट पार्टीका उम्मेवार सुभाषलाई तारा चिन्हमा आफनो अमुल्य मत दिएर विजय बनाउन आग्रह गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२६-०२-१९ , समय : २१:३५:०५ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित