निर्वाचन विशेष : सप्तरी २ मा उज्यालो नेपाल तथा डाक्टर सीके राउतद्वारा बृहत् मोटरसाइकल ¥याली

मिति: २०२६-०२-२८ , समय : २२:२२:१६ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

राजविराज । उज्यालो नेपाल पार्टीले सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.दीपक चौधरीले नयाँ नेतृत्वबाट मात्र जिल्लाको समग्र विकास सम्भव हुने दाबी गरेका छन् ।
शनिबार सप्तरीको सदरमुकाम राजबिराजमा निकालिएको बाइक तथा सिटी ¥यालीपछि गजेन्द्र चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले पुराना राजनीतिक संस्कार र प्रवृत्तिबाट विकास सम्भव नहुने बताउनु भयो । डा. चौधरीले देशमा लोडसेडिङ अन्त्य गरी उज्यालो नेपाल निर्माणमा पार्टी अध्यक्ष कुलमान घिसिङले महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै “ऊर्जा क्षेत्रमा देखिएको सफलताजस्तै अन्य क्षेत्रमा पनि इमानदार र दृढ नेतृत्व आए मात्र देश उज्यालो बन्छ,।
उहाँका अनुसार नयाँ नेतृत्वले नातावाद, कृपावाद र भ्रष्टाचार अन्त्य गर्दै विकासलाई प्राथमिकतामा राख्नेछ। शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाएर सप्तरीलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
¥यालीमा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। सभामा सहभागीहरूले परिवर्तन र विकासको पक्षमा नाराबाजी गर्दै उम्मेदवार चौधरीलाई विजयी गराउन आह्वान गरेका थिए ।
डा. चौधरीले अन्त्यमा “अबको निर्वाचन पुरानो शैलीको राजनीति र नयाँ सोचबीचको प्रतिस्पर्धा हो,” भन्दै मतदातालाई नयाँ नेतृत्वलाई अवसर दिन आग्रह गर्नु भयो ।

यस्तै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सीके राउतले शनिवार राजबिराजमा शक्ति प्रदर्शनसहित मोटरसाइकल ¥याली निकालेका छन् । राजबिराज बजार क्षेत्रका विभिन्न स्थानबाट निकालिएको ¥यालीमा हजारौँ समर्थकहरूको सहभागिता रहेको थियो ।
पार्टीको झण्डा, ब्यानर तथा चुनाव चिन्हसहित सहभागीहरूले नाराबाजी गर्दै शहर परिक्रमा गरेका थिए । कार्यक्रमलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन स्वयंसेवक तथा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राउतले आगामी निर्वाचनमा जनमत पार्टीलाई बलियो बनाउन अपिल गर्नुहुदै विकास, सुशासन, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारलाई आफ्नो प्रमुख एजेन्डा रहेको बताउनु भयो । विगतदेखि मधेशका मुद्दा उठाउँदै आएको उल्लेख गर्दै अब प्रतिनिधि सभामा अझ प्रभावकारी रूपमा जनताको आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
¥यालीमा मधेश प्रदेशका अर्थमन्त्री महेश यादव तथा समानुपातिक उम्मेदवार कृष्णचन्द्र मण्डल,ममता झा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२६-०२-२८ , समय : २२:२२:१६ , 2 months अगाडि