निर्वाचन विशेष : धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

मिति: २०२६-०३-०३ , समय : १६:४६:१९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । मधेस प्रदेशको धनुषाको निर्वाचन क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ ।

बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेका कारण उहाँको उम्मेदवारी खारेज गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । साहविरुद्ध कालोसूचीमा परेको प्रमाणसहित आएको उजुरीका आधारमा उम्मेदवारी खारेज गरेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०३-०३ , समय : १६:४६:१९ , 4 hours अगाडि