सप्तरीमा अझै राेकिएन तस्करी : भन्सार छलीका लाखौंको कपडा बरामद
मिति: २०२६-०४-२२ , समय : ०७:४१:४३ , गामघर डेस्क
मिति: २०२६-०४-२२ , समय : ०७:४१:४३ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
राजविराज ।
पछिल्लोपटक सप्तरी सहित मधेस प्रदेशका जिल्लामा तस्करी फष्टाएकाे छ । साेहि क्रममा सशस्त्र प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट भन्सार छलीका कपडा बरामद गरेको छ ।
सो पालिकाकाे वडा न. १३ स्थित कुशहाबाट लुकाई छिपाई राखेको अवस्थामा १० लाख ९६ हजार २ सय ६० रुपैयाँ बराबरका कपडा सशस्त्र प्रहरीले बरामद गरेको जनाएको छ ।
सशस्त्र प्रहरीगण नं. ६ बाट प्रहरी निरीक्षक विकास श्रेष्ठको कमाण्डमा खटिएको टोलीले उक्त सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीले जानकारी दिनु भयो ।
बरामद गरिएको कपडा आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी गण नं. ६ ले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०४-२२ , समय : ०७:४१:४३ , 4 hours अगाडि