मधेस प्रदेश : बारा–२ बाट राजेन्द्र महतोपनि चुनाव लड्ने

मिति: २०२३-०३-३० , समय : १५:५६:२२ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुर ।
आगामी बैशाख १० मा हुने उपनिर्वाचनमा बारा २ बाट लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजेन्द्र महतो पनि लड्ने भएका छन् ।

बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको लोसपाको एक शीर्ष नेताले जानकारी दिए ।

महतो मंसिर ४ मा भएको चुनावमा सर्लाही २ मा पराजित भएका थिए ।

धनुषा ३ छाडेर सर्लाही २ फर्किएका महतोलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रले २ हजार ११ मत अन्तरले पराजित गरेका थिए ।

बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि यहाँ उपचुनाव हुँदैछ ।

जसपाले बारा २ बाट उपेन्द्र यादवलाई उठाउने तयारी गरिरहेको छ ।

यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित भएका थिए ।

जनमतले बारा २ मा आफ्नो उम्मेदवार उठाउनका लागि शिवचन्द्र कुशवाहलाई पार्टी प्रवेश गराइसकेका छन् ।

प्रकाशित मिति: २०२३-०३-३० , समय : १५:५६:२२ , 2 years अगाडि