सप्तरीको हनुमाननगर कंकालिनीमा कोशीको बहाव बढ्यो : बस्तीमा पानी पस्ने सम्भावना

मिति: २०२६-०९-०३ , समय : १०:४२:५८ , रबि शर्मा

फायल तस्बिर

रबि शर्मा

कोशी ब्यारेज ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ७ र ५ मा पर्ने कोशी बाँधको पुलमा गएराति अज्ञात व्यक्तिले संरचनामा क्षति पुर्‍याएको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार राति करिब ११ बजेदेखि आसपासका बस्तीमा पानी पस्न थालेको थियो। अहिले कोशी नदीमा समेत पानीको बहाव बढेको छ, जसका कारण बस्तीमा थप जोखिम बढेको छ।

घटनापछि हनुमाननगर इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेर स्थलगत अनुगमन तथा अवस्थाको निरीक्षण गरिरहेको छ। स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

प्रकाशित मिति: २०२६-०९-०३ , समय : १०:४२:५८ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित