सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्युु

मिति: २०२३-०९-१९ , समय : २०:४२:५७ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज । सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

सप्तरीको राजबिराज नगरपालिका वडा न. ९ मलेठ स्थित आफ्नो नानाको घरमा आएका सुनसरीको कोशी गाउँपालिका वडा न. ५ दुधगत बस्ने बिन्देश्‍वर यादवको ८ वर्षीय छोरा आशिष कुमार यादवको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

नानाको घरमा आएका बालक घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेका थिए ।

उपचारका लागि बालकलाई राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीले जनाएको छ ।

यता साे सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०९-१९ , समय : २०:४२:५७ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित