सप्तरीमा साथीको हत्या गरेको आरोपमा राम पक्राउ
मिति: २०२३-०९-२७ , समय : २३:००:३३ , गामघर डेस्क
मिति: २०२३-०९-२७ , समय : २३:००:३३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीमा साथीको हत्या आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा न. ६ का पशुपति राम रहेका छन् ।
गत भदौ २१ मा कञ्चनरूप ७ का २५ वर्षीय राहुलकुमार चौधरी मृत फेला परेका थिए ।
शव सुन्दरीखोला पुलदेखि सय मिटर दक्षिण निर्वस्त्र अवस्थामा भेटिएको थियो । उनलाई लागुऔषध को अत्यधिक सेवन गराई हत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।
उनको हत्याको आरोपमा रामलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एव प्रबक्ता ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।
रामले चौधरीलाई सीमावर्ती भारतीय बजार लगेर सँगै लागुऔषध किनेर ल्याइ सुन्दरीखोला छेउमा पुर्याएर अत्यधिक मात्रामा खुवाइ बेहोस बनाइ हत्या गरेको र हत्यापछि मोबाइल र घडी लुटी लगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएका रामविरुद्ध मुद्दा चलाउन सप्तरी जिल्ला अदालतबाट मंगलबार ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-०९-२७ , समय : २३:००:३३ , 2 years अगाडि