तराईमा हुस्सु र शितलहरकाे कहर : सप्तरी सहित मधेस प्रदेशको जनजिवन कष्टकर
मिति: २०२४-०१-२९ , समय : ०७:५५:४४ , गामघर डेस्क
मिति: २०२४-०१-२९ , समय : ०७:५५:४४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । तराईका अधिकांश स्थानहरुमा आज पनि हुस्सु/कुहिरो लागेको छ । केही ठाउँमा शीतलहर चलेकोले जनजीवन कष्टकर बनेको छ ।
पहाडी क्षेत्रमा भने मौसम आंशिकरुपमा बदली भएको छ । त्यसबाहेक भू-भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेपनि वर्षा हुने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज रातिसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हिमपातको सम्भावना छ।
प्रकाशित मिति: २०२४-०१-२९ , समय : ०७:५५:४४ , 1 year अगाडि