आज श्रीकृष्ण जन्माष्टमी : देशभरि धुमधामका साथ मनाउँदै

मिति: २०२६-०९-०४ , समय : ०८:२४:५२ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

सप्तरी ।
आज श्रीकृष्ण जन्माष्टमी ,देशभरि धुमधामका साथ मनाउँदै छ । साेहि क्रममा सप्तरीको कञ्चनरूप नगरपालिका १२ रुपनगर स्थित सुनाखरी इङलिस बोर्डिङ स्कुल र जन बालबोध इङलिस बोर्डिङ स्कुलले बिहीवार भव्यताका साथ श्रीकृष्ण जन्माष्टमी पर्व मनाएको छ। विद्यार्थीहरूमाझ धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले दुवै विद्यालयले छुट्टाछुट्टै विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी पर्व मनाएको हो ।
जन्माष्टमीको अवसरमा विद्यालयका साना–साना विद्यार्थीहरू भगवान् श्रीकृष्ण र राधाको मनमोहक भेषभूषा (गेटअप) मा सजिएर सहभागी भएका थिए। कार्यक्रममा विद्यार्थीहरूले श्रीकृष्णको जीवनचरित्र, बाललीला र भजनावलिमा आधारित नृत्य तथा गायन प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रममा दुवै विद्यालयका शिक्षक–शिक्षिका, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। बालबालिकाहरूको कलात्मक प्रस्तुति र उत्साहजनक सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०२६-०९-०४ , समय : ०८:२४:५२ , 1 hour अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित