बडादशैँको सातौँ दिन आज फूलपाती : सप्तरीको छिन्नमस्ता भगवति मन्दिरमा हजारौं भक्तजनकाे भिड
मिति: २०२६-१०-१७ , समय : ०७:१९:५० , शुभ नारायण यादव
मिति: २०२६-१०-१७ , समय : ०७:१९:५० , शुभ नारायण यादव
फाइल तस्वीर
शुभ नारायण यादव
काठमाण्डौ । नवरात्रको सातौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
हरेक वर्ष असोज शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ । नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैँ घरमा फूलपाती पनि भित्र्याइन्छ ।

नवरात्रको पहिलो दिन गएको आइतबार २५ गते दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो ।
असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गरिन्छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

यता साेहि अवसरमा सप्तरीको छिन्नमस्ता गाउपालिका स्थित सखडेश्वरि भगवती मन्दिर , राजविराज स्थित राजदेवि मन्दिर , हनुमाननगर कङ्कालिनि नगरपालिका स्थित कङ्कालिनि मन्दिर भारदह सहितका मठ मन्दिरहरुमा हजारौं भक्तजनहरुकाे बिहानैदेखि पुजापाठ तथा दर्शन गर्नेहरुकाे ठुलाे भिड लागेको छ ।
मुलुकमै प्रसिद्ध छिन्नमस्ता भगवतीमा नेपाल सहित छिमेकी भारतबाट लाखौं भक्तजनहरु पुजापाठ तथा खसी बाेकाकाे बलि दिन दशै अबधिभर अाउने गरेको मन्दिरका पिठाधिश महाकान्त ठाकुरले जानकारी दिनुभयो । यस्तै सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.१ बरहि बिरपुरकाे बरहि पाेखरिमा प्रत्येक बर्ष झै यस बर्ष पनि भगवतीकाे मुर्ति बनाएर भव्य मेलाको आयाेजना गरेको छ ।
प्रकाशित मिति: २०२६-१०-१७ , समय : ०७:१९:५० , 1 hour अगाडि