सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालद्वारा विभिन्न पदका लागि कर्मचारी माग
सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले विभिन्न २४ पदमा करार सेवाका लागि ८० जना कर्मचारीको माग गरेकोले योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त पेस गर्नुपर्नेछ।
मिति: २०२६-१०-१८ , समय : १३:५१:३४ ,
गामघर डेस्क
गामघर डेस्क
सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले विभिन्न पदमा करार सेवामा पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ।
अस्पतालले शुक्रबार प्रथम पटक सूचना प्रकाशित गर्दै प्रचलित कानूनबमोजिम योग्यता पुगेका नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र रीतपूर्वक दरखास्त पेस गर्न आह्वान गरेको हो।

अस्पतालले कन्सल्टेन्ट जनरल फिजिसियन, एनेस्थेसियोलोजिस्ट, साइकियाट्रिस्ट, रेडियोलोजिस्ट, नेफ्रोलोजिस्ट, कार्डियोलोजिस्ट, पेडियाट्रिसियन, ई.एन.टी. सर्जन, अर्थोपेडिक सर्जन, डर्माटोलोजिस्ट, सर्जन, अब्स्टेट्रिक्स एण्ड गाइनेकोलोजिस्ट, अप्थालमोलोजिस्ट, फरेन्सिक मेडिसिन अधिकृत, कन्सल्टेन्ट मेडिकल जनरलिस्ट, मेडिकल अधिकृत, स्टाफ नर्स, डेन्टल सर्जन, फिजियोथेरापिस्ट, बायोमेडिकल इन्जिनियर, डायटाइसिसन, सूचना प्रविधि अधिकृत, डेन्टल हाइजिनिस्ट र एनेस्थेसिया असिस्टेन्ट गरी २४ भन्दा बढी पदका लागि कुल ८० जना जनशक्तिको माग गरेको छ।
उम्मेदवारको छनोट लिखित र अन्तर्वार्ता परीक्षाको माध्यमबाट हुनेछ। सेवा सुविधा तथा तलब भत्ता नेपाल सरकारले तोकेबमोजिम हुने अस्पतालले जनाएको छ। उम्मेदवारहरूले गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको प्रशासन शाखामा फाराम बुझाउन सक्नेछन् भने फाराम लोकसेवा आयोगको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।

यता सूचनामा उल्लेख नभएका अन्य जानकारीका लागि अस्पतालको वेबसाइट, फेसबुक पेज वा पदपूर्ति समितिका सदस्य सचिव नारायण यादवसँग सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ।
प्रकाशित मिति: २०२६-१०-१८ , समय : १३:५१:३४ , 55 minutes अगाडि