नेकपा माओवादी(केन्द्र)द्वारा सप्तरीमा जनयुद्घका ३६ सहिद परिवारलाई सम्मान
मिति: २०२४-०२-१० , समय : १७:५८:२९ , देबराम यादव
मिति: २०२४-०२-१० , समय : १७:५८:२९ , देबराम यादव
देबराम यादव
राजविराज । सप्तरीमा महान जनयुद्घका ३६ शहीदका परिवारलाई एक सम्मान कार्यक्रम गरी सम्मान गरिएको छ । सप्तरीको राजविराजमा शनिवार महान जनयुद्घका समयमा ३६ शहीदका परिवारलाई एक कार्यक्रम गरी सम्मान गरिएको हो । जिल्लाका १० वर्षे महान जनयुद्घका क्रममा शहीद रामाकान्त साहका रत्नेश्वर साह,विनोद साहका किसुनदेव साह,राजेन्द्र चौधरीका सागर चौधरी,गुनानन्द चौधरीका मञ्जु चौधरी,कारीका मिना साह,बन्धुलाल चौधरीका फुलोदेवी चौधरी,रामकुमार मुखियाका अमलादेवी मुखिया ,रुजिवानन्द भिनवारका ममताकुमारी यादव,मिश्रीलाल खंगका रामलाल मण्डल,रामविलास रामका शान्तिदेवी राम,नर्सिङ्ग चौधरीका शान्ति चौधरी,रेखाकुमारी रसाइलीका कुलानन्द बि.क., विनोद यादवका सरोज यादव लगायत शहीदका परिवारलाई सम्मान गरीएको छ ।
सो कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य अशोककुमार मण्डलले शहीदको कार्यक्रममा सवैले विगतको कमी कमजोरीलाई छोडेर पार्टीलाई एकतावद्घ बनाएर जानुको बिकल्प नरहेको बताउनु भयो । पार्टीको दुई लाइन सर्धषलाई निशेधाको रुपमा नलिएर जान पार्टीका जिल्ला नेतृत्वसंग आग्रह समेत सो अवसरमा गर्नु भयो । सोही अवसरमा केन्द्रिय सदस्य सुर्यनाथ यादवले विगतको तिता मिठालाई छोडेर एकतावद्घ भएर नगए शहीदले धिकार्ने बताउनु हुदै माओवादी पार्टीको भविष्य उज्वल रहेकोले जिल्लालाई सवैले आ आफनो ठाउँबाट ईमानदारी पुर्वक काम गरे लाल किल्ला रुपमा स्थापित गर्ने बताउनु भयो । केन्द्रिय सदस्य तथा पुर्व मधेस प्रदेसका मन्त्रि रुवी कुमारी कर्णले पार्टी र सरकारले गरेको उपलब्धिको मात्र प्रचार प्रसार शहिद परिवारका साथै पार्टि पक्तिले गर्नु पर्नेमा जोड दिइन । त्यसैगरी सो कार्यक्रममा बैकल्पिक केन्द्रिय सदस्य अरुण साह,संविधान सभा सदस्य लक्ष्मी चौधरी,मधेस प्रदेस सदस्य मालाकुमारी कर्ण, मधेस प्रदेसका पुर्व सदस्य प्रमिला यादव लगायतले शहीदले पुर्याएको योगदानको बारैमा आ–आफ्नो विचार ब्यक्त गरेका थिए ।
नेकपा(माओवादी केन्द्र)सप्तरीको आयोजनामा शहीद परिवारका किसुनदेव साहको अध्यक्षता तथा जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रिय सदस्य लक्ष्छन यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२४-०२-१० , समय : १७:५८:२९ , 1 year अगाडि