मधेस प्रदेश : जलेश्वर अस्पतालको अध्यक्षमा जसपा नेतृ मिनु झा नियुक्त

मिति: २०२३-०३-१० , समय : १२:२७:३१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशकाे महोत्तरीको जलेश्वर प्रादेशिक अस्पतालको अध्यक्ष पदमा जसपा नेतृ मिनु झा नियुक्त भएकी छन् । उनलाई मुख्यमन्त्री सरोजकुमार यादवले जलेश्वर अस्पतालको अध्यक्ष पदमा नियुक्त गरेका हुन् ।

उनी आफ्नो पदभार सम्हालेकी छन् । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट मनिषा भारद्वाज लगायत अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले स्वागत गरेका छन् ।

जलेश्वर अस्पताल निकै पुरानो भएपनि स्तरोन्नति हुन सकेको छैन । पछिल्लोसमय रेफर सेन्टर बनेको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सो अस्पताल ल्याइएपछि झनै अवस्था दयनीय बनेको छ

प्रकाशित मिति: २०२३-०३-१० , समय : १२:२७:३१ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित