सुमार्ग नेपालद्वारा चिमटीका अग्निपिडित ६६ परिवारलाई जस्तापाता वितरण
मिति: २०२४-०५-१० , समय : १२:४०:२४ , गामघर डेस्क
मिति: २०२४-०५-१० , समय : १२:४०:२४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको महादेवा गाउपालिका वडा न.१ चिमटीका अग्निपिडित परिवारलाई राहत स्वरुप जस्तापाता वितरण गरेको छ ।
सुमार्ग नेपालका अध्यक्ष मुरारी कुमार शुक्लाको अध्यक्षतामा तथा प्रमुख अतिथि महादेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डल तथा बिशिस्ट अतिथि गाउपालिकाकि उपाध्यक्ष अर्चना यादव, महादेवा गाउँपालिका वडा नम्बर -१ का अध्यक्ष जयकिशोर दास तथा स्थानीय जनप्रतिनिधि , पत्रकार समेतको उपस्थितिमा चिम्टिका अागलागि पिडित ६६ परिवारलाई ९ फिटको ८ वटाको दरले जस्तापाता बितरण गरेकाे सुमार्ग नेपालीका अध्यक्ष एवं समाजसेवी मुरारीकुमार शुक्लाले जानकारी दिनुभयो ।
यता त्यहाँका अग्निपिडित परिवारले राहत स्वरूप घर बनाउने जस्तापाता पाएपछि खुशी ब्यक्त गर्दै सहयोगी सस्था प्रति धन्यवाद समेत ब्यक्त गरेका छन ।
प्रकाशित मिति: २०२४-०५-१० , समय : १२:४०:२४ , 1 year अगाडि