कोशी प्रदेश : चट्याङ लागेर एक महिलाको मृत्यु
मिति: २०२४-०५-१९ , समय : १८:००:०९ , गामघर डेस्क
मिति: २०२४-०५-१९ , समय : १८:००:०९ , गामघर डेस्क
गामघर डेस्क
उदयपुर ।
कोशी प्रदेशको उदयपुरको रौतामाई गाउँपालिका–७ मा चट्याङ लागेर आइतबार एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी राजन चापागाईका अनुसार चट्याङले रौतामाई–७ की ५३ वर्षीया चन्द्रिका तामाङ परियारको घटनास्थलमै मृत्यु भएको हो।
डिएसपी चापागाईले मृतको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट ल्याइएको जानकारी दिए। आइतबार विहानीपख हावाहुरीसहित चट्याङ परेको थियो। हावाहुरीका कारण आइतबार विहान विद्युत सेवासमेत अवरुद्ध भएको थियो।
यता हवाहुरीले जिल्लाको त्रियुगा, चौदण्डी र बेलका नगरपालिकालगायतका क्षेत्रमा घरमा लगाएको टिनको छानासमेत उडाएको डिएसपी चापागाईले जानकारी दिए। नयाँ पत्रिका
प्रकाशित मिति: २०२४-०५-१९ , समय : १८:००:०९ , 12 months अगाडि