सप्तरीको रुपनी गाउँपालिकाको पौवामा अजवलाल यादव बादल स्मृति पार्क शिलान्यास
मिति: २०२४-०५-२० , समय : २०:०२:५३ , गामघर डेस्क
मिति: २०२४-०५-२० , समय : २०:०२:५३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको रुपनी गाउँपालिकाको वडा न.२ स्थित पौवामा अजवलाल यादव बादल स्मृति पार्क शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा(माओवादी केन्द्र) रुपनी गाउपालिका वडा न.२ को आयोजनामा अजवलाल यादव बादल स्मृति पार्क शिलान्यास कार्यक्रम सोमवार सम्पन्न भएको हो ।
१० वर्षे महान जनयुद्घको रापतापको समयमा तत्कालिन शाही सक्ताद्धारा रुपनी गाउपालिकाकाे वडा न.२ को वडाध्यक्ष सरोज कुमार यादवको अध्यक्षता तथा नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज एवम पुर्व मन्त्रि उमेश कुमार यादवको प्रमुख अतिथ्य तथा रुपनी गाउपालिकाका अध्यक्ष दिनेशकुमार यादवको विशिष्ठ आतिथ्य तथा पार्टीका जिल्ला अध्यक्ष छेदी रजक(विमल),पार्टीका प्रदेश संयोजक देवलाल मालीले संयुक्त रुपमा अजवलाल यादव बादल स्मृति पार्कको शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ ।
सो अवसरमा प्रमुख अतिथी यादवले १० वर्षे महान जनयुद्घको रापतापको समयमा तत्कालिन शाही सक्ताद्धारा पौवामा समातेर दोहरो मुठभेडको नाममा नेकपा(माओवादी तत्कालिन जिल्ला ईन्चार्य अजवलाल यादव र जिल्ला सचिव बेदप्रसाद भटराइ(बादल)लाई समातेर गोली हानेर हत्या गरेको बताउनु भयो । उहाँले मुलुकमा महान जनयुद्ध नभएको भए मुलुकमा संधिय लोकतान्त्रिक गणतन्त्र आउने थिएन बताउनु भयो । उहाँले सधै सत्ताको वरीपरी रमाउनेहरु अहिले विभिन्न रुप रंगमा देशमा सलवगाउन खोजेको बताउनु भयो । जिल्लाको विकाशको लागी सवैले आफनो कमी कमजोरीलाई छोडेर एकतावद्ध भएर अगाडी वढेमा जिल्लाको हरेक क्षेत्रमा विकाशको लहर नै आउने बताउनु भयो । यसमा सवै पार्टीका नेता,कार्यकर्ताको साथै आम जनताको साथ सहयोगको आवश्यकक्ता रहेको बताउनु भयो । सो अवसरमा विशेष अतिथि रुपनी गापाका अध्यक्ष यादवले देशमा तिनै तहका सरकारमा कमीशन लिने कुरा संस्थागत भएकोले यसलाई नभत्काए सम्म देशमा कमीशनतन्त्र नहटनेठोकुवा गर्नु भयो । टुक्रा वजेट,डीपीआर,एनजीओ ,बाटोमामाटो ग्राभेल हालने नाममा वजेट दुरुपोग हुने गरेको बताउनु भयो । सो कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष छेदी रजक(विमल),पार्टीका प्रदेस संयोजक देवलाल माली, वडा १ का राम अशिष यादव,रामचन्द्र यादव लगायतका नेताहरुले आ आफनो आ आफनो विचार राखेका थिए । सो पार्क मधेस प्रदेशका तत्कालिन उधोग,संस्कृती,पर्यटन मन्त्रालयका मन्त्रि सुनिता यादवले २० लाखको वजेट विनियोजन गरेका थिए । उक्त पार्कको २० मीटर चौडाई र ७० मीटर लम्बाईको पर्खाल निर्माण गरिने उपभोक्ता समितिले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०५-२० , समय : २०:०२:५३ , 1 year अगाडि