मधेस प्रदेश : पेस्तोलसहित एकजना भारतीय नागरिक पक्राउ

मिति: २०२४-०६-२४ , समय : १५:४३:३० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको रौतहटबाट पेस्तोलसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलले गौर नगरपालिका–२, महादेवपट्टिबाट भारतको जिल्ला सितामढी बैरगनिया ३ असोगी निवासी २१ वर्षीय राहुल रामलाई एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेट नखुलेको मोटरसाइकललाई सीमाक्षेत्रमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलको टुल बक्समा कटुवा पेस्तोफ फेला परेको हो ।

यता रामलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको सशस्त्र प्रहरी बलको नम्बर ११ गणले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०६-२४ , समय : १५:४३:३० , 12 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित