मधेस प्रदेश : जन्ती बोकेको जीप नहरमा पल्टिँदा २ जनाको मृत्युु

मिति: २०२४-०७-१२ , समय : १५:४७:४९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको रौतहटमा जन्ती बोकेको जीप नहरमा पल्टिँदा दुई जनाको ज्यान गएको छ ।

रौतहटको गढीमाई नगरपालिका–६ सिङगारमनको भित्रि सडक खण्ड धर्मपुर नहरमा धनहरीबाट सर्लाहीतर्फ जन्ती बोकेर जाँदै गरेको भारतीय नम्बरको जीप नहरमा पल्टिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिनुभयो । ज्यान गुमाउनेहरूमा काठमाण्डौ घर भएका ५५ वर्षका कुलबहादुर श्रेष्ठ, सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ सुन्दरपुरका रविन्द्र पण्डितकी छोरी ७ वर्षीया श्वेता रहेका उहाँले जानकारी दिनुभयो ।

यता घाइते भएका सुन्दरपुरकै २५ वर्षका अमलेश ठाकुरको गौरमा उपचार भइरहेको छ । जीपमा १२ जना रहेकामा अरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०७-१२ , समय : १५:४७:४९ , 12 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित