मधेस प्रदेश : रेलमा परेर एक युवकको दुवै खुट्टा काटियो

मिति: २०२४-०७-२७ , समय : १८:०१:२५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेश स्थित जनकपुर-जयनगर रेल्वे लिकमा परेर एक युवकको दुवै खुट्टा काटिएको छ। धनुषाको जनकनन्दनी गाउँपालिका-३ महुवाका मिश्री दासका लगभग ३५ वर्षीय छोरा श्रीराम दासको खुट्टा रेल्वे लिकमा परेर काटिएको हो।

धनुषाको खजुरीस्थित रेलको लिक छेउबाट हिँडिरहेका श्रीराम आज बिहान सवा ११ बजे रेलको चपेटामा परेका थिए। जयनगरबाट फर्किरहेको रेलले हर्न दिएपछि उनी अफमलिएर रेलकै लिकमा परेका थिए, जसका कारण दुवै खुट्टा गुमाएका छन्।

यता रेल्वे विभागका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रवक्ता दयाराम पौडेलले जानकारी दिए अनुसार दासको तत्काल उपचारको लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।

प्रकाशित मिति: २०२४-०७-२७ , समय : १८:०१:२५ , 11 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित