मधेस प्रदेशमा अपराध बढदै : कुटपिटबाट एक जनाको हत्या
मिति: २०२४-०७-३० , समय : १०:३६:२७ , गामघर डेस्क
मिति: २०२४-०७-३० , समय : १०:३६:२७ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । पछिल्लोपटक मधेस प्रदेशका जिल्लामा चोरी , डकैती , लुटपाट तथा अपराधीक क्रियाकलाप बढेको छ । साेहि क्रममा मधेस प्रदेशको धनुषामा कुटपिट गरी एक जनाको हत्या भएको छ । धनुषाधाम नगरपालिका–२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या भएको हो ।
उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुर घाइते भएकी छन् ।
धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाका अनुसार सोमबार स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियाको कुटपिटबाट ठाकुरको मृत्यु भएको र उनकी श्रीमती घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
बिहान साढे ११ बजे घरमै कुटपिटबाट गम्भीर घाइते ठाकुरको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको थियो ।
प्रहरीले कुटपिटमा संलग्न आमा–छोरालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।
प्रकाशित मिति: २०२४-०७-३० , समय : १०:३६:२७ , 9 months अगाडि