उपभोत्ताको जीवनसंग खेलवाड : सप्तरीमा कुहेको गोपी बदाम जुस फेला

मिति: २०२४-०८-०५ , समय : २२:३७:५१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सुर्यदेव डेरी उधोग प्रा.लि. अर्जुनधारा ५ झापाले उत्पादन गरेका गोपी बदाम मिल्क ड्रिकमा रहेको बदाम जुस पेय पदार्थ कुहेको अवस्थामा उपभोक्ताले सोमवार फेला परेको छ । यो घटना सप्तरीको महादेवा गाउँपालिका वडा न. १ मिलन चौकस्थित रहेको सोनी टे्रडर्सले उत्पादन गरेको सुर्यदेव डेरी उधोग प्रा.लि. अर्जुनधारा ५ झापाले गोपी बदाम मिल्क जुस कुहेको अवस्थामा उपभोक्ताबाट फेला पारेको हो । स्थानिय ग्राहक रामदेव सदाले सुर्यदेव डेरी उधोग प्रा.लि. अर्जुनधारा ५ झापाले उत्पादन गरेका गोपी बदाम जुस कनेर बटा खोल्दा कुहेको जुस फेला परेको थिए । उक्त बदाम जुसको उत्पादन मिति १ तारिख मार्च २०२४ ,बैच न.ं जीपीबीडीओ ७२ ,वजन १८० मि.ली. रहेको छ । उक्त कम्पनीले उपभोत्ताको जीवनसंग खेलवाड गरी बदाम जुस उत्पादन गर्ने कम्पनीलाई कानुनी कायृवाही गर्नूपर्ने अधिवक्ता पुण्य प्रसाद यादव बताउनुहुन्छ ।

प्रकाशित मिति: २०२४-०८-०५ , समय : २२:३७:५१ , 11 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित