मधेस प्रदेश : झन्डै चार करोड बराबरको इलेक्ट्रिक चुरोट बरामद

मिति: २०२४-०८-१० , समय : ०८:३०:२१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको पर्सा प्रहरीले पहिलोपटक वीरगन्जबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ । वीरगन्ज महानगरपालिका ६ स्थित रेलवे रोडबाट पर्सा प्रहरीको विशेष टोलीले १५ हजार २ सय पीस भेप बरामद गरेको हो । रेल्वे रोडस्थितको डाँफे ट्रान्सपोर्टमा छापा मार्दा ७६ कार्टुन भेप बरामद गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए । गोदाममा अनाधिृकत रुपमा भेप भण्डारण गरिएको सूचना पाएपछि प्रहरीले छापा मारेको उनले बताए ।
उनका अनुसार बरामद भएको हरेक कार्टुनमा २ सय पीस भेप रहेको पाइएको छ । उनले भने, ‘सुरुमा ३/४ वटा पीस भन्सारबाट बरामद भयो, त्यसपछि हामी खोजविन गर्न थाल्यौं । सोही क्रममा डाँफे ट्रान्सपोर्टको गोदाममा भण्डारण गरेर राखिएको अवस्थामा भेप बरामद भएको हो ।’ यता बरामद भेपको बजार मूल्य ४ करोड ४६ लाखभन्दा बढी रहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२४-०८-१० , समय : ०८:३०:२१ , 10 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्