सप्तरीमा १४ हजार विरुवा रोपर २५ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाईयो
मिति: २०२४-०८-१२ , समय : १९:००:५२ , गामघर डेस्क
मिति: २०२४-०८-१२ , समय : १९:००:५२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
“दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच र अभिवृद्धि” भन्ने मुल नाराका साथ आज सबल नेपाल, सप्तरी युथ नेपाल एवं सप्तरी क्रिकेट संघले सप्तरी जिल्ला भरीमा १४ हजार विरुवा रोपर २५ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाईएको छ ।
उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरी राजिविराज स्थित पव्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको प्रांगणमा संघिय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह एवं संघिय खानेपानी तथा सरसफाइ मन्त्री प्रदिप यादवद्धारा संयुक्त रुपमा विरुवा रोपेर यस अभियानको उदघाटन गरिएको हाे । उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी मेघराज मंग्राति, प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्य, खानेपानी संस्थान कार्यालयका कार्यालय प्रमुख राजाराम यादव, सरसफाइ अभियनता धिरेन्द्र साह, सबल नेपालका परमेश्वर झा, शुभ नारायण भिण्डवार, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, कोषाध्यक्ष तुला माझि, सदस्य अनवर अली एवं सप्तरी युथ नेपालका मोहन यादव, विष्णु यादव लगायतका सहभागिता रहेको थियो । यो संगै राजविराजको राजदेवि माध्यमिक विद्यालय, केअ माध्यमिक विद्यालय, वस पार्क लगायतको स्थानमा समेत विभिन्न प्रजातिका विरुवाहरु रोपिएको छ ।
सप्तरी क्रिकेट संघले गत वैशाखमा आयोजना गरेको सप्तरी प्रिमियर लिग छैठो संस्करणको क्रिकेट प्रतियोगिता अन्र्तगत खेलाडिले हान्ने हरेक छक्कामा ५० वटा रुख रोप्ने घोषणा सबल नेपाल, सप्तरी युथ नेपाल र सप्तरी क्रिकेट संघद्धारा संयुक्त रुपमा घोषणा गरिएको थियो । सोहि घोषणालाई मुर्त रुप दिन यस कार्यक्रमको आयोजना गरिएको आयाेजकले जनाएको छ।
यसै गरी युवा दिवसको अवसरमा सबल नेपालले सप्तरी जिल्लाको १८ वटै पालिकामा युएसएआइडि सिएसएम ९ग्क्ब्क्ष्म् ऋक्ः० परियोजना अन्तर्गत गठन गरिएको युवा सञ्जालको नेतृत्वमा १८ वटै पालिकामा वृक्षारोपण कार्यक्रम गरिएको छ । जस अन्र्तगत सप्तरीको तिलाठि कोईलाडि गाँउपालिका अध्यक्ष अरुण मण्डलको सहभागितामा विभिन्न स्थानमा ३ सय ५० विरुवा, सप्तकोशि नगरपालिकाका नगरप्रमुख कृष्ण ढकालको सहभागिता तथा उपस्थितिमा ५ सय थान बिरुवा, सुरुगाँ नगरपालिका वडा नं ३ मा वडा सचिव राजु वस्नेतको सहभागितामा ३ सय विरुवा तथा खडक नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको सहभागितामा २ सय ५० विरुवा रोपिनुको साथै अन्तरकृयात्मक कार्यक्रम समेत गरिएको छ । यसैगरी अन्य गाँउपालिका तथा नगरपालिकामा स्थानीय युवा सञ्जाल, क्लब, स्थानीय प्रशासन, स्थानीय युवा, महिला, वालकल्व लगायतको सक्रिय सहभागितामा विभिन्न स्थानहरुमा वृक्षारोपण गरिएको छ ।
वर्तमान समयमा जलवायु परिवर्तनका कारणले समग्र तराईमा पानीको मुहान सुख्ने लगायतका विभिन्न मौसम परिवर्तनका घटनालाई मध्यनजर गर्दै जलवायु सुधार तथा समग्र वातावरणमा थोरै भए पनि हाम्रो तर्फ बाट योगदान गर्ने उद्देश्यका साथ यस वर्षको युवा दिवसमा एक साथ १४ हजार विरुवा रोपने कार्यक्रमको आयोजना गरिएको थियोे । जस अन्र्तगत सप्तरीमा १४ हजार विरुवा रोपिएको तथा सिरहामा समेत २ हजार ७ सय बिरुवा रोपिएको सबल नेपालका अध्यक्ष जुना गिरीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२४-०८-१२ , समय : १९:००:५२ , 11 months अगाडि