जनहीतका लागि जसपा गठन भएको अशोक राइकाे दाबी
मिति: २०२४-०८-१३ , समय : १०:००:५९ , अशोक कुमार झा
मिति: २०२४-०८-१३ , समय : १०:००:५९ , अशोक कुमार झा
अशोक कुमार झा
राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको एकात्मक सोचका कारण पार्टी विभाजन भएको जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष अशोक कुमार राईले बताएका छन् ।
सप्तरीको राजविराज स्थित जिल्ला समन्वय समितिको सभा कक्षमा आयोजित जसपाको जिल्ला सभा घोषणा कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
जसपा नेपालका राष्ट्रिय अध्यक्ष यादवले अरुको कुरा नसुन्ने र आफुले नजान्ने भएकै कारण पार्टी बारम्बार विभाजनको शिकार हुँदै आएको र त्यही सोचको कारण जनता समाजवादी पार्टीको गठन भएको बताउँदै अध्यक्ष राईले मधेश आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा तथा मधेशी, आदिवासी, जनजाति, मुस्लिम लगायतका अधिकार प्राप्त गर्न जसपा कुनै पनि हालतमा पछाडी नरहने बताए ।
त्यस्तै पार्टीका सह अध्यक्ष एवं पूर्व शिक्षा मन्त्री रेणु कुमारी यादवलृे जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको लापरबाहीले नै जसपा नेपालको विभाजनको भएको बताए । उपेन्द्र यादव आफ्नो स्वार्थ सिद्धिका लागि पार्टी भित्र नेता तथा कार्यकर्ताबीच आपसी द्वन्द बढाउने, नेता तथा कार्यकर्ताहरुको महत्व नबुझ्ने जस्ता क्रियाकलापले कार्यकर्ताहरु पार्टी त्याग गरेर बाहिर जाने गरेको बताइन् । उपेन्द्र यादव कसैलाई स्वयं पार्टीबाट निकाल्दैन, उसले पार्टी भित्र यस्तो माहौलको निर्माण गर्छ कि नेता तथा कार्यकर्ता आफ्ै पार्टीलाई तिलाञ्जली दिन बाध्य हुने गरेको बताइन् ।
सोही कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं महिला, बालबालिका तथा खेलकुद मन्त्री नवल किशोर साह रामबाबुले नव गठितट जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरु जनताको सेवक मात्रै रहेको बताए । जसपा भित्र रहेका हरेक नेता तथा कार्यकर्ता जनहीतका कामका लागि सदैव तत्पर रहेको बताउँदै मधेश विद्रोह, मधेश आन्दोलन लगायतका आन्दोलनहरुको उपलब्धी रक्षाका लागि जसपाको जन्म भएको बताए ।
सोही कार्यक्रमबाट छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी सत्य नारायण यादवको अध्यक्षतामा २१ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरिएको छ ।
गठित समितिका सदस्यहरुमा दयानन्द गोइत, इन्द्रदेव यादव, सु्रेन्द्र साह, चितरंजन यादव, सन्तोष मण्डल, शक्ति यादव, मुखिलाल चौधरी, मो. जिबरिल मिया, रबिन पासमान, भगवती मिश्र, रामदेव यादव मधेशी, मुखालाल यादव, उमेश यादव, शिवनाथ यादव, नारायण यादव, प्रमेश्वर यादव हरि नारायण साह, ओम प्रकाश मण्डल, महेद्र प्रसाद चाखैधरी, धर्मराज मण्डल, शन्सु चौधरी, हरि प्रसाद राम, बबिता मण्डल, घुरण यादव, चन्द्र साह, जिनेन्द्र साह, अर्जुन पंजियार, इन्द्र देव चौधरी, निर्मला कुमारी मण्डल र छेदी पासवान (विजय) रहेका छन् ।
त्यस्तै अनुराधा साहको अध्यक्षतामा गठित २१ सदस्यीय महिला कमिटिमा रंजु यादव, पुनिता कुमारी साह, सिता यदव, बबिता राम, परमिला यादव, प्रमिला यादव, सरस्वती देवी मण्डल, अनिता देवी मण्डल, प्रमिला देवी साह, मुक्तिदेवी राम, बबिता मण्डल, मिना कुमारी चौधरी, दुर्गा देवी गुप्ता, जामुन चाौधरी संसारी चौधरी र चन्द्रकला साहलाई चयन गरिएको छ भने शिवम यादवको नेतृत्वमा २१ सदस्यीय युवा कमिटि गठन गरिएको छ ।
कार्यक्रममा जसपाका सह अध्यक्ष एवं पूर्व शिक्षा मन्त्री रेणु कुमारी यादव, उपाध्यक्ष एवं महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नबल किशोर साह, पार्टीका महासचिव इन्तियाक राई, उप महासचिव एवं खानेपानी मन्त्री प्रदीप यादव, केन्द्रिय सदस्यद्वय राज किशोर यादव र विनोद चौधरीले नव गठित कार्यसमितिलाई शुभकामना दिएका छन् भने कार्यक्रम संचालन चितरंजन यादवले गरेका थिए ।
प्रकाशित मिति: २०२४-०८-१३ , समय : १०:००:५९ , 9 months अगाडि