सप्तरीको शम्भुनाथमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

मिति: २०२४-०८-१३ , समय : १०:५८:०२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीकाे शम्भुनाथमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रक चालक मोरङको उर्लाबारी नगरपालिका-१ का २५ वर्षीय सबिन राई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डिएसपी ढुण्डीराज न्यौपानले बताउनुभयो ।


उहाँका अनुसार आज बिहान साढे ६ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.५ स्थित पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ८१८१ नम्बरको क्लिङकर लोड गरेको १२ चक्के ट्रक सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।

यता ट्रकभित्र नै चेपिएर चालकको घट्नास्थलमानै मृत्यु भएको र क्रेन र जेसिबिको सहयोगमा शव निकाल्ने कार्य भइरहेको डिएसपी न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२४-०८-१३ , समय : १०:५८:०२ , 9 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित