प्रहरीको ३० वर्षे अवधि कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

मिति: २०२४-०८-२३ , समय : ०८:१५:४६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डौ । सर्वोच्च अदालतले प्रहरीको ३० वर्षे प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको हिजोको इजलासले अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्नू, नगराउनू भनी अन्तरिम आदेश दिएको हो ।

३० वर्षे सेवा अवधिका कारण आफूहरू अन्यायमा परेको भन्दै यही भदौ १६ गते अवकाश हुन लागेका नेपाल प्रहरीका एसएसपीसहित २१ जना प्रहरी कर्मचारीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटलाई अग्राधिकार दिँदै सर्वोच्चले पूर्ण सुुनुवाइका लागि अशोज १० गतेको पेसी तोकेको छ । अन्तरिम आदेशले निरन्तरता पाए प्रहरीमा रोलक्रम र भावी नेतृत्वमै उथलपुथल हुने भएको छ । उज्यालो

प्रकाशित मिति: २०२४-०८-२३ , समय : ०८:१५:४६ , 10 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित