असुरक्षित बन्दै मधेस : आयल निगम डिपो कार्यालयका एक कर्मचारीको हत्या

मिति: २०२४-०८-३० , समय : १६:२७:०४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
पछिल्लोपटक मधेस प्रदेशका जिल्लामा हत्या , अपहरण , लुटपाट , चाेरिका घटनाक्रम बढदे गएको छ । साेहि क्रममा धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका, सखुवा महेन्द्रनगरमा रहेको नेपाल आयल निगमको डिपोमा एक कर्मचारीको हत्या भएको छ । हत्या हुनेमा सिरहा नगरपालिका–३, मखनाहा निवासी ४० वर्षीय राकेश वर्मा हुन् । उनी निगममा ज्यालादारी कर्मचारीको रूपमा कार्यरत थिए ।

घटना आज बिहान करिब १०ः३० बजे भएको हो । इलाका प्रहरी कार्यालय, सखुवा महेन्द्रनगरका अनुसार, आयल निगमको एक कोठामा विवाद हुँदा राकेश वर्माको हत्या भएको हो । प्रहरीले घटनामा संलग्न प्रकाश यादव नामक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले जानकारी दिए अनुसार, कोठाभित्र दुबैजनाबीच लडाइँ भएको थियो । यता घटनास्थलमा इलाका प्रहरीको टोली पुगेको छ र थप अनुसन्धान कार्य जारी छ ।

प्रकाशित मिति: २०२४-०८-३० , समय : १६:२७:०४ , 11 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्