मधेस प्रदेश : बेल्चाले हानेर एक जनाको हत्या

मिति: २०२४-०८-३१ , समय : १३:३०:५६ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको धनुषामा सामान्य विवाद हुँदा एक जनाको हत्या भएको छ । फोहोर उठाउने विषयमा विवाद हुँदा एक जनाको हत्या गरिएको धनुषा प्रहरीले जानकारी दिएको छ । धनुषा प्रहरीका अनुसार हत्या हुनेमा सिराहा नगरपालिका वडा नम्बर ३ निवासी राकेश कुमार बर्मा रहेका छन् । फोहोर उठाउने विषयमा विवाद हुँदा ज्यालादारीमा काम गर्ने अर्का कर्मचारी प्रकाश यादवले बेल्चाले प्रहार गर्दा बर्माको मृत्यु भएको धनुषा प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।

उनका अनुसार दुवै जनाबिच आज बिहान नेपाल आयल निगमको डिपोमा विवाद भएको थियो । धनुषा क्षिरेश्वरनाथ नगरपालिका स्थित नेपाल आयल निगममा ज्यालामा काम गर्ने यादवलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उनी धनुषा नगरपालिका वडा नम्बर ३ निवासी रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका यादवसँग घटनाबारे सोधपुछ चलिरहेको धनुषा प्रहरीले जनाएको छ । धनुषा प्रहरीका अनुसार मृतक पूर्व पत्रकार पनि थिए । घटनास्थलमा पुगेको प्रहरीले शवको मुचुल्का उठाउने काम गरिरहेको धनुषा प्रहरी प्रमुख तिवारीले बताए ।

प्रकाशित मिति: २०२४-०८-३१ , समय : १३:३०:५६ , 10 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित