मधेस प्रदेश : एकै दिन तीन बालकको पोखरीमा डुबेर मृत्यु

मिति: २०२४-०९-०५ , समय : ०७:४८:२३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका ७ लक्ष्मीनियामा रहेको पोखरीमा आज साँझ तीन बालक डुबेका हुन् ।

मृत्यु हुनेमा अन्दाजी १० वर्षीय आदित्य कुमार साह, अन्दाजी ८ वर्षीय आयुस साह र १४ वर्षीय सुशान्त साह छन् ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु कुमार साहका अनुसार उनीहरु आफन्त हजुर बुबा (नाना) महावीर साहको घरमा भोज खान आएका थिए । आज महावीर साहको घरमा वर्षीको भोज थियो । सबै भोजभतेरमा व्यस्त रहेको बेला बालकहरु पोखरीमा डुबेका हुन् ।

डुब्ने बालकहरु महावीर साहका तीन छोरीका तीनैजना जेठा छोरा रहेको प्रहरी निरीक्षक साहले बताए । घटना साढे ७ बेजेतिर साँझको हो । तीनैजना बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०९-०५ , समय : ०७:४८:२३ , 10 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित