सशस्त्र प्रहरीको संरक्षणमा मधेस प्रदेशका सिमा नाकाबाट तस्करी
मिति: २०२४-०९-०९ , समय : ०९:०८:४१ , गामघर डेस्क
मिति: २०२४-०९-०९ , समय : ०९:०८:४१ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको पर्साको अलौं र अलौं कै भलुहवामोठ भन्ने कोनिया नाकाबाट तस्करी भइरहेको छ । अलौं, र ड्राईपोर्ट नाकाबाट सशस्त्र प्रहरीको संरक्षणमा खुलेआम तस्करी भइरहेको पाइएको हो । अलौं गाउँको मुख्य बाटो र आईसीपी छेउ लगायतको बाटो हुँदै कपडा, हार्डवेयर, मोबाइल र मोबाइल पार्टस, कम्पयुटर पार्टस्, विभिन्न गाडीको पार्टस्, विभिन्न औषधीजन्य सामग्री, किराना सामान, इलेक्ट्रिक चुरोट, चिनी, प्याज लगायतका दैनिक उपभोग्य बस्तुको तस्करी भइरहेको छ । उक्त नाका भएर भारतबाट नेपाल तर्फ मोटर साइकल र साईकलमा ल्याएर नै तस्करी गराउने सुरु भएको छ। सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट अलौंलाई मोटो रकम दिइ र महिनौ देखि नाकाबाट मोटरसाइकल र साइकलमा नै तस्करी भइरहेको छ । यो नाकाबाट भैसी र रांगाको समेत तस्करी फस्टाएको छ ।
नेपाल तथा भारतका नामुद तस्करहरूले सङ्गठित रूपमै तस्करी गर्न लाईन पाएका छन् । तस्करीको लाईन पाउनेहरूमा रक्सौलका भिखारी, गुडुलाई हार्डवेयर , बैजनाथ यादवलाई भैसी , नगिना महतोलाई कपडा , खोबारी महतो र हरिश्चन्द्र साहलाई किराना छन् । निरज, धिरज भन्ने व्यापारीले इलेक्ट्रिक पार्टपूर्जा, औषधी लगायतका सामानको तस्करी गर्ने गरेका छन् भने सोही नाकाबाट जटधारी र राजेश नामक तस्कहरको समूहले कपडा, हार्डवेयर लगायतका सामानको तस्करी गर्ने गरेका छन् । अनिल, पंकज र जयप्रकाश लगायतका समूहले कबाडको नाममा जनावरहरुको हड्डी, कपडा, दाल चिनी, चकलेट लगायतका दैनिक उपभोग्य बस्तुको तस्करी गर्ने गरेका छन् । बिनय र दिनेश नामक तस्करले पनि कपडा र हार्डवेयरको तस्करी गरिरहेका छन् । सन्दिप चौरसियाले अलौं सिमानाकाको कोनिया नाकाबाट तस्करीको लाईन छ। तस्करहरूले वीरगन्जको रानिघाट,मीनाबजार,परवानिपुर, बाराको जीतपुर बजार सम्म पुर्याउने गर्दछन। वीलचेयर साइकल र तिन पाङ्ग्रे मोटरसाइकलमा अपाङ्ग भएका व्यक्तिले किराना समानहरु ओसारपोसार गरि जीविकोपार्जन गर्नेहरुसककग १५,०००्–२०,०००्– सम्म महिनवारी लिई तस्करीको लाइन दिएका छन। सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट अलौंमा सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी छन।
सशस्त्र प्रहरीकै अगाडीबाट पर्साको ड्राइपोर्ट क्षेत्रबाट तस्करहरूले काजु र कपडाको तस्करी गरेका छन् । सशस्त्र प्रहरीको चेक पोस्ट श्रीसिया भन्सार अगाडी भए पनि तस्करी हुने गरेको छ । श्रीसिया भन्सार नाका हुँदै अकाश, पशुपती, मुनिलाल, रम्भु भन्ने तस्करले तस्करीको लाइन पाएका छन् । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट ड्राइपोर्टका प्रमुख निरीक्षक बिपिन खनाल छन् ।
मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफनो प्रदेशमा ब्यापक तस्किरी भइरहेको बताएका छन । जनकपुरधामको एक होटलमा नेपाल भारतको सम्बन्ध बारे आयोजित एक कार्यक्रममा उनले यस्तो भनेका हुन । सिंहले रातोरात गाडीको गाडीको गाडी तस्करी हुन्छ । तस्करीका कारण सरकारले पाउनु पर्ने राजस्व समेत नपाएको उनको भनाई छ । जन प्रहारबाट
प्रकाशित मिति: २०२४-०९-०९ , समय : ०९:०८:४१ , 8 months अगाडि