मधेसकाे शैक्षिक क्षेत्रको संरक्षण गर्नुपर्ने माग गर्दै जसपा नेपालले बुझाए प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपत्र

मिति: २०२४-०९-११ , समय : १५:१०:३३ , गामघर डेस्क

तस्बिर : पत्रकार बृृजमान तामाङ्ग

गामघर डेस्क

राजविराज ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीले विभिन्न माग राखी प्रधानमन्त्री र मुख्यमन्त्रीलाई बुधबार ज्ञापनपत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्री कार्यालय र मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा एकसाथ ज्ञापनपत्र पठाएको हो ।
जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको नेतृत्व पुगेका जसपा नेपालका नेताकार्यकर्ताले प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती मार्फत प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री सतिष कुमार सिंहलाई ज्ञापनपत्र बुझाएका थिए ।
हालै सरकारले विभिन्न देशमा गरेको राजदुत नियुक्ति समावेशी नभएकोले राजदुत नियुक्त गर्दा मधेशी, आदिवासी जनमठजाति, दलित, थारु, मुस्लिम, महिला, अल्पसंख्यक समुदाय,खसआर्यको प्रतिनिधित्व हुने गरी राजदूत नियुक्त गर्न माग जसपा नेपाल सप्तरीद्वारा प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
यसैगरी मुख्यमन्त्री सिंह नेतृत्वको बर्तमान सरकारले शिक्षा क्षेत्रलाई नै तहस नहस पार्ने गर्ने नियतबस मधेश प्रदेशमा संचालित विश्वविद्यालयहरुमा १० लाख मात्र बजेट विनियोजन गरी शिक्षा क्षेत्रलाई धरासायी बनाएको र अघिल्लो सरकारले संचालनमा ल्याएको मधेश प्रदेशको गौरवको रुपमा रहेको योजनालाई समाप्त पार्ने षड्यन्त्र गरेकोले हुँदा बजेटको समुचित व्यवस्था गरी शैक्षिक क्षेत्रको संरक्षण गर्नुपर्ने माग जसपा नेपाल सप्तरीले मुख्यमन्त्रीलाई बुझाएको ज्ञापनपत्र उल्लेख छ।
जसपा नेपालले राखेको जायज माग सम्बोधनप्रति प्रधानमन्त्री र मुख्यमन्त्री गम्भीर नदेखिएको खण्डमा चरणबद्व आन्दोलनमा उत्रिनु बाध्य हुने ज्ञापनपत्रमा चेतावनी समेत दिइएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ मग्रातीले ज्ञापनपत्रमा उठाइएको माग जायज भएकोले प्रधानमन्त्री र मुख्यमन्त्रीलाई तुरुन्तै पठाउने प्रतिबद्धता व्यक्त गरे ।
जसपा नेपाल सप्तरीको अगुवाइमा ज्ञापनपत्र बुझाउने कार्यक्रममा जसपा केन्द्रीय सदस्य पुनम कुमारी यादव, उपमा देव, रमिला देवी साहलगायतका प्रदेश सदस्य, जिल्ला पदाधिकारी तथा सदस्यहरु, जसपा निकट विभिन्न भातृ संगठनका पदाधिकारी एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यसैगरी जिल्ला प्रशासन कार्यालयबाट नागरिकतासहितका विभिन्न सेवा लिन आएका सेवाग्राहीहरुलाई अनावश्यक दुख दिने गरेको भन्दै ध्यानाकर्षण समेत गराएक छन् । अध्यक्ष केदार प्रसाद यादवले सबै प्रमाणपत्र हुँदाहुँदै पनि दुख आम नागरिकलाई कर्मचारीहरुले दुख दिएको गुनासो बढेकाले यसलाई नियन्त्रण गर्न प्रभावकारी भुमिका खेल्न प्रजिअ मग्रातीलाई आग्रह गरे ।

प्रकाशित मिति: २०२४-०९-११ , समय : १५:१०:३३ , 12 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्