कोशी प्रदेश : अवैध लागूऔषध सहित चार जना पक्राउ

मिति: २०२४-०९-१७ , समय : ०९:०३:४३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

विराटनगर ।
कोशी प्रदेशको मोरङकाे बिराटनगर महानगरपालिका-१५ दुई नम्बर ढाँटस्थितबाट अवैध लागूऔषध गाँजा ४३ किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिराटनगर महानगरपालिका-१५ बस्ने ३२ वर्षीय गणेश चौधरी र सोही महानगरपालिका-१३ बस्ने २२ वर्षीय रोजेश परियार रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बा.८ च ७८८० नम्बरको कारलाई जाँच गर्ने क्रममा लुकाई छिपाई राखिएको उक्त परिमाणको गाँजा फेला पारी चालक गणेश र कारमा सवार रोजेशलाई पक्राउ गरेको हो ।

यस्तै कैलालीकाे धनगढी उपमहानगरपालिका-१ नैनादेवी चोकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १५ ग्राम ५ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डडेल्धुरा पर्शुराम नगरपालिका-१० बस्ने ७० वर्षीय नर बहादुर बिष्ट र कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने ४० वर्षीय सुनिल शर्मा रहेका छन् । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

प्रकाशित मिति: २०२४-०९-१७ , समय : ०९:०३:४३ , 10 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित