सप्तरीको बोदे बर्साईनमा नोबेल मेडिकल कलेजद्वारा निःशुल्क स्वास्थ्य शिविर

मिति: २०२४-०९-२३ , समय : ११:१०:२० , उमेश साह 

तस्बिर : उमेश साह / बाेदे बरसाइन

उमेश साह 

बोदे बर्साईन । युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीले सप्तरीकाे बोदेबर्साईन नगरपालिकामा आज सुरु भएको निःशुल्क स्वास्थ्य शिविर उद्धाटन गनुएभएको छ  ।  

सप्तरी निर्वाचन क्षेत्र नं.४ बाट समेत  निर्वाचित हुनुभएको मन्त्री चौधरीले एक दिने निःशुल्क स्वास्थ्य शिविर उद्धाटन गर्नुभएको हाे । 

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल बिराटनगर र काठमाडौ मेडिकल कलेजको संयुक्त उपस्थितिमा प्रसुति तथा स्त्री रोग, सर्जरी, हाडजोर्नी, नाक, कान, घाँटी, दन्त रोग, बाल रोग, आँखा रोग लगायतका विभागका विशेषज्ञ चिकित्सक सहितको बृहत स्वास्थ्य शिविरमा अल्ट्रासाउण्ड (भिडियोएक्सरे), ईसीज र प्रयोगशाला परीक्षण समेतको व्यवस्थापन रहेको आयोजकले जनाएको छ । 

नेपाली कांग्रेस बोदे बर्साईन नगरपालिकाका सभापति ईन्जिनियर दिपेन्द्र कुमार यादवको अध्यक्षतामा सुरु भएको निःशुल्क स्वास्थय शिविरमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका संस्थापक एवं प्रतिनिधी सभा सदस्य माननीय डा.सुनिल कुमार शर्मा,सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गिता चौधरी लगायत विभिन्न पार्टी आवद्ध सयौं नेताकार्यकर्ता उपस्थिति रहेको छ । सुरु भएको निःशुल्क स्वास्थ्य शिविर सेवा लिनको लागि यस क्षेत्रमा जनता उत्साहीत भएर सेवा लिइरहेको स्थानिय युवा नेता राज किशोर यादवले बताउनुभयो ।

प्रकाशित मिति: २०२४-०९-२३ , समय : ११:१०:२० , 9 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित