सप्तरीको राजबिराजबाट हराएको ८ बर्षिय बालक मृत अवस्थामा फेला

मिति: २०२४-०९-२८ , समय : ०९:५७:५१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको सदरमुकाम राजविराजमा हिजाेदेखि हराएको ८ बर्षिय बालक मृत अवस्थामा फेला परेको छ । राजविराज नगरपालिका वडा न.८ का ८ बर्षिय बालक पृन्श कुमार साहकाे शब आज बिहान घर नजिकै मृत अवस्थामा फेला परेको हाे । लगातारको बर्षाका कारणले घर नजिकै माछा मार्ने क्रममा हिजाेदेखि साे बालक हराएको परिवारजनले बताएका छन । स्थानीय बासि , प्रहरी तथा सप्तरी युथकाे अथक प्रयास पछि बालककाे शब मृत अवस्थामा फेला परेको सप्तरी युथका माेहन कुमार यादवले जानकारी दिनुभयो । यता मृतक बालककाे शब पाेष्टमाटमसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पताल पठाइएको तथा घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०९-२८ , समय : ०९:५७:५१ , 7 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित