सुनसरी र सप्तरीको श्रीलङ्का टापुमा फसेका २५ जनाको उद्धार

मिति: २०२४-०९-२९ , समय : १६:५६:३५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडाको श्रीलङ्का टापुमा थुनिएका २५ जनाको उद्धार भएको छ ।

टापुमा भैंँसीपालन गरी बस्दै आएकाहरू अस्ति शुक्रवारदेखि सप्तकोशी नदीमा आएको बाढीले अलपत्र परेका थिए । अलपत्र परेका २५ जनालाई आज प्रहरीको सहयोगमा डुङ्गामार्फत उद्धार गरिएको बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले जानकारी दिनुभयो ।

उद्धारका लागि हिजो बिहानैदेखि प्रहरी परिचालन गरिए पनि निरन्तर वर्षा भइरहेकाले तत्काल उद्धार सम्भव नभएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीसहितको टोलीले हेलिकप्टरमार्फत उद्धार गर्न सङ्घीय सरकारसँग समन्वय गरेको थियो । प्रतिकूल मौसमका कारण शनिवार उनीहरूकाे उद्धार गर्न नसकिएको मेयर कार्कीले बताउनुभयो । रासस

प्रकाशित मिति: २०२४-०९-२९ , समय : १६:५६:३५ , 9 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित