मधेस प्रदेश : जनकपुरधाममा झिझिया महोत्सव हुने

मिति: २०२४-१०-०८ , समय : १३:२९:०२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । नव मिथिला फाउण्डेसनको आयोजनामा जनकपुरधाममा झिझिया महोत्सव हुने भएको छ । बडादशैँको अवसर पारेर भोलि झिझिया महोत्सवको हुन लागेको नव मिथिला फाउण्डेसनले जनाएको हो ।

मिथिलाको लोक संस्कृति, लोक गायन तथा धार्मिक परम्परालाई बचाउने उद्देश्यले झिझिया महोत्सवको आयोजना गर्न लागिएको फाउण्डेसनका अध्यक्ष अमित साहले जानकारी दिनुभयो ।

उहाँकाअनुसार पाँच सय जनाले टाउकोमा झिझियाको घैँटो राखेर झिझियाको गीतमा नाच्ने तयारी छ । महोत्सवमा झिझियाको विगत, वर्तमान र भविष्यबारे चर्चासमेत गरिनेछ ।

प्रकाशित मिति: २०२४-१०-०८ , समय : १३:२९:०२ , 11 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्