मधेस प्रदेश : विभिन्न मुद्दाका फरार ६ जना अभियुक्त पक्राउ
मिति: २०२४-१०-१८ , समय : १६:३१:०८ , गामघर डेस्क
मिति: २०२४-१०-१८ , समय : १६:३१:०८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको रौतहट जिल्लाकाे विभिन्न स्थानमा अपराधको घटनामा संलग्न रही फरार ६ जनालाई प्रहरीले पक्राउ गरी बिहीबार अदालतसमक्ष पेस गरेको छ । पक्राउ पर्नेमा सवारी ज्यानमा फरार नजिर अन्सारी, चोरी मुद्दामा फरार शिहदान्त पासवान, अखिलेशकुमार यादव, पवनकुमार कुर्मी, वालविवाहमा फरार रामसागर गिरी र लागूऔषध मुद्दामा फरार राकेशकुमार यादवलाई पक्राउ गरी अदालतमा पेस गरिएको हो ।
दसैं पर्वका बेला घर आएको सूचना पाए पछि पक्रन सफल भएको जिल्ला प्रहरी डीएसपी दिपककुमार रायले जानकारी दिए । अन्सारीको ३ महिना ४ दिन, पासवानको १ वर्ष ११ महिना ७ दिन, गिरीको एक महिना ६ दिन, कुर्मीको १ महिना, यादवको २ महिना ३ दिन र लागूऔषधमा फरार राकेशलाई अदालतले ५० हजार जरिवाना गरेको थियो ।लामो समयदेखि प्रहरीमा दर्ता भएको लागूऔषध ओसारपसार, कर्तव्य ज्यान, सरकारी छाप दस्तखत किर्ते, हातहतियार खरखजना, मानब बेचविखन, किर्ते नागरिकता प्रमाणपत्र, जबरजस्ती करणी, अनियमितता, भवितब्य ज्यान, सवारी ज्यान, बम बिस्फोट गराई कर्तव्य ज्यान, खुन डाँका, सरकारी कागजपत्र नष्ट गरेको, ज्यान मार्ने उद्योग, सार्वजनिक अपराधका झण्डै २ हजार आरोपितहरु फरार रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-१०-१८ , समय : १६:३१:०८ , 10 months अगाडि