मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा : ११ जना सडक आश्रित मानवहरुकाे उद्धार

मिति: २०२४-१०-२१ , समय : ०८:०८:१६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राकाे छैटाैँ दिन शनिबार ११ जना सडकअाश्रित मानवहरुकाे उद्धार गरिएकाे छ ।

‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएकाे हाे । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शनिबार लहान नगरपालिका वडा- १ बाट २ जना, वडा-३ बाट ३ जना, गाेलबजार नगरपालिका-६ बाट २ जना र मिर्चैया नगरपालिका-७ बाट १ जना गरि सिरहाबाट ८ जना र त्यस्तै धनुषा जिल्लाकाे जनकपुरधाम नगरपालिकाबाट -१ बाट २ जनाकाे उद्धार भएकाे हाे । मेचीनगरदेखि सुरु भएकाे यात्रा शनिबार जनकपुरधामसम्म अाइपुग्दा ६८ जना सडकअाश्रित मानवहरुकाे उद्धार गरिएकाे मानवसेवा अाश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीज्यूले बताउनुभएकाे छ ।

उद्धार हुनुभएका ८ जना पुरुष र ३ जना महिलालाई अाजै मानवसेवा अाश्रम जनकपुरधाम सेवाकेन्द्रमा गृहप्रवेशका लागि लगिएकाे छ । उद्धार टाेली अाइतबार जनकपुरधाम, महेन्द्रनगर, ढल्केबर, बर्दिबास हुँदै गाैशालामा सहभाेज गरि सर्लाहीका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहनुभएका मानवहरुकाे उद्धार तथा सेवामा रहने कार्यक्रम रहेकाे छ ।

प्रकाशित मिति: २०२४-१०-२१ , समय : ०८:०८:१६ , 8 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित